ओम मेगाश्री फर्मास्यूटिकल्सको साधारण सभा चैत ४ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको वार्षिक साधारण सभा चैत ४ गतेका लागि बोलाएको छ । सभा चितवन उद्योग परिसरमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले २२.२३ प्रतिशत आईपीआ गर्न नियाममक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने र सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय माथि छलफल गरी पारित गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।













