नेको इन्स्योरेन्सले गर्यो ७२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
नेको इन्स्योरेन्सले गर्यो ७२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ७२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । यस आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा जम्मा ७१३६ वटा दाबीको ७२ करोड ७१ लाख भुक्तानी गरेको हो ।
आर्थिक वर्ष २०७८।७९ को असार मसान्तसम्ममा कम्पनीले ३६७२ वटा दावीको ५२ करोड ९१ लाख भुक्तानी गरेको हो । आब २०७९।८० को माघ सम्म आइपुग्दा चालु आब परेका दावी मध्ये ३४६४ वटा दावीका १९ करोड ८० लाख भुक्तानी गरी सकेको छ ।
विगत २७ वर्षदेखि नेपाली बीमा बजारमा सेवा पुयाउँदै आएको नेको इन्स्योरेन्स लि. ले छिटो छरितो दावी भुक्तानी गर्दै आएको कारण बीमाका उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसैको फलस्वरुप विगत केही बर्षहरुदेखि निरन्तर आफ्नो व्यवसायको आकार बढाउदै आएको छ ।
कागजात पुरा भएका दाबीहरुको यथाशीघ्र दाबी भुक्तानी नीति लिएको कम्पनीले दावीकतां यीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ ।













