१० श्रावण २०८३, आइतबार

मर्जर र लाभांश प्रस्ताव पारितका लागि सगरमाथा इन्स्योरेन्सको साधारण सभा भोलि

मर्जर र लाभांश प्रस्ताव पारितका लागि सगरमाथा इन्स्योरेन्सको साधारण सभा भोलि



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा भोलि (फागुन ११ गते) का लागिका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले लु्म्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीले नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयर मध्ये २० प्रतिशत शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते एक दिन बुक क्लोज गरेको हुदाँ माघ २६ गते सम्म कायम शेयरधनीले मा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।