२६ श्रावण २०८३, मंगलबार

याक एण्ड यती होटलको साधारण सभा चैत ३ गते, के के छन् एजेण्डा



काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४६ औं वार्षिक साधारण सभा चैत ३ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

रिक्त रहेको पदमा निर्वाचन गरी सञ्चालक नियुक्तीको समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।