२६ श्रावण २०८३, मंगलबार

समृद्धि फाइनान्सद्धारा ह्वीलचियर वितरण



काठमाडौं । फागुन १२ गते समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ । उक्त कार्यक्रम रोटरी क्लबअफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा गरिएको हो।

कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोद कुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुुडामणी खनालको उपस्थिति रहेको थियो भने रोटरी क्लबअफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति रहेको थियो ।

साथै, समय समयमा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले यहि फागुन महिनामा रक्तदान कार्यक्रम आयोजना पनि गर्न लागेको फाइनान्सको प्रमुख सञ्चालक अधिकृतले जानाकारी दिएका छन् ।