नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको साढे ११ लाख कित्ता बोनस सेयर सूचीकृत
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको साढे ११ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ९ प्रतिशत बोनस बापतको ११ लाख ५९ हजार २ सय कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ९ प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको हो ।












