२६ श्रावण २०८३, मंगलबार

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।

सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए । गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो । तर, आज सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए ।

अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।