कालिञ्चोकमा हिमपात, होटल व्यवसायी हर्षित
काठमाडौं । कालिञ्चोकमा हिमपात सुरु भएको छ । दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो ।
लामो समय पछि पानी परे सँगै उक्त क्षेत्रका होटल व्यवसायी तथा किसान हर्षित भएका छन् । यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो ।
हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने हुदाँ ब्यवसायि हर्षित बनेका हुन ।













