१० श्रावण २०८३, आइतबार

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो चैत ६ गते साधारण सभा, यस्ता छन् एजेण्डा

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो चैत ६ गते साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा चैत ६ गतेका लागि बोलाएको छ । सभा लैनचौर बैंङक्वेटस काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले नयाँ जीवन बीमा कम्पनीको रुपमा संचालित यस कम्पनीले सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ जारी गर्न २०७८ जेठ ३१ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्कासनका लागि नियामकको निर्देशन कार्यान्वय गर्न सभाले अख्तियारी दिनेछ ।

सभाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने विषय समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।