एशियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने
एशियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने
कठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । बीमाशुल्क भुक्तानी नगरेका कारण २०७७ फागुन १४ गते देखि व्यतित भएका बीमालेखहरुलाई छुट दिने भएको हो ।
२०७९ फागुन १५ गते देखि चैत ३० गते सम्ममा पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।
साथै, ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुले मात्रा ब्याज छुट हुने कम्पनीले जनाएको छ । २०८० फागुन १४ गते भन्दा अगाडि परिपक्व हुने बीमालेखहरुमा भने ब्याज छुट हुने छैन ।
२०७८ असार २३ सम्ममा एक पटक ब्याज छुट लिईसकेको बीमितहरुलाई पुन ब्याज छुट नहुने कम्पनीको भनाइ छ ।













