प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले १४.२५ प्रतिशत बोनस बापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको सो बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीकोउक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













