१० श्रावण २०८३, आइतबार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । मर्जरमा प्रक्रियामा रहेका यी दुवै कम्पनीले आउँदो फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । केन्द्रीय कार्यालय भने काठमाडौं, बबरमहलमा रहनेछ । मर्जरको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पनि पाइसकेको छ ।

यी दुवै कम्पनी समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । मर्जपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्नेछ ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ र प्रिमियरको १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
दुई कम्पनीले गत असार २७ गते मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता भएको थियो ।