७ श्रावण २०८३, बिहिबार

त्रिशूली जलविद्युतको सेयर बापतको बाँकी रकम भुक्तानी गर्ने आज अन्तिम दिन



काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्ने आज (फागुन १७ गते) अन्तिम दिन हो ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको यो आयोजनाको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त सेयरमा अंकित मूल्यको १० प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम रकम माग गरिएको थियो । कम्पनीले अग्रिम भुक्तानी गरेका सेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गको थियो । उक्त समयमा आवेदन नदिएका सेयरधनीहरुका लागि कम्पनीले पुनः मंसिर १८ देखि फागुन १७ गतेसम्म रकम बुझाउन समय दिएको थियो ।

सेयरधनीहरुले थप ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिसेयर ब्याज दर रकम १ रुपैयाँ ७४ पैसा थप गरी ८८ रुपैयाँ ७४ पैसा बुझाउनुपर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्