७ श्रावण २०८३, बिहिबार

शुभव पावरको आइपीओ सूचीकृत, आइतबारदेखि कारोबार आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । शुभव पावरको आइपीओ आज सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसासम्म रहेको छ ।

कम्पनीको आइपीओ ‘एसपिएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

अब आइपीओ आइतबार (फागुन २१) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्