सरकारको लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा डेढ खर्ब माथि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारको लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा डेढ खर्ब माथि



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० सरकारको आम्दानी भन्दा खर्च बढी अर्थात बजेट घाटा डेढ खर्ब भन्दा माथि पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त फागुन २१ गते सम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधिमासम्म सरकारको बजेट घाटा १ खर्ब ५३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सरकारले राजश्व, अनुदान, ऋण लगायतका माध्यमबाट ५ खर्ब ९४ अर्ब ९१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । समिक्षा अवधिमा राजश्व बापत ५ खर्ब १ अर्ब २९ करोड रुपैयाँ, गैर राजश्व मार्फत ५३ अर्ब ६६ करोड ४५ लाख, अनुदान तथा ऋण मार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँ आम्दानी भएको छ । यसैगरि विविध शिर्षकमा ३५ अर्ब १५ करोड रुपैयाँ आम्दानी भएको छ ।

तर, समिक्षा अवधिमा सरकारको खर्च भने आम्दानी भन्दा बढी अर्थात् ७ खर्ब ४८ अर्ब ५२ करोड २७ लाख रुपैयाँ पुगेको छ । फागुन २१ गतेसम्म सरकारको पुँजीगत खर्च ७८ अर्ब २६ अर्ब ५३ करोड मात्रै रहेको छ ।

यसैगरि चालु खर्च ५ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ र वित्तिय व्यवस्थापन खर्च ८२ अर्ब ९५ लाख ४६ अर्ब रुपैयाँ रहेको छ । यसरी समिक्षा अवधिमा बजेट घाटा उच्च मात्रामा भएको देखिन्छ ।

गत भदौसम्म सरकारी खाता नाफामा थियो । तर, असोज यता भने सरकारी खाता घाटामा छ । विशेषगरि पछिल्लो समय आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन प्रभावित भएको छ । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको जानकारहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्