बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आवेदन दिने भोलि अन्तिम मौका रहेको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले मंगलबार बैंकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।













