ईङवा हाइड्रोपावरले आइपीओमा आवेदन दिन प्रभावित क्षेत्र परिवर्तन
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागी जारी गरेको आइपीओको प्रभावित क्षेत्र परिवर्तन गरेको छ ।
फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीआको प्रभावित क्षेत्र परिवर्तन गरिएको हो । अब उक्त आइपीओमा ताप्लेजुङ्ग जिल्लको सिदिङ्गवा गाउँपालिका वडा नं। ३ ९साविक आङखोप गाविस वडा नं १ देखि, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं। २ र वडा नं। ३ ९साविक फलैचा गाविस वडा नं १ देखिका बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । कम्पनीको आईपीओमा प्रभावित क्षेत्रका बासिन्दाहरुले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।













