१० श्रावण २०८३, आइतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा चैत २९ गते, बुक क्लोज कहिले ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा चैत २९ गते, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २९औं वार्षिक साधारण सभा चैत २९ गतेका लागि बोलाएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहानको ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरलाई प्रस्ताव गरेको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।