२७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको माघ मसान्तसम्ममा नेपालमा भित्रने रेमिट्यान्स ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । जुन, गत वर्षको समिक्षा अवधिमा २७.१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।

चालु आवको माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्