७ श्रावण २०८३, बिहिबार

मान्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्