ईङवा हाइड्रोपावरको आइपीओमा बैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आज (चैत ५ गते) सम्म मात्र आवेदन दिन पाउने छन् ।
फागुन २१ गतेदेखि विक्रीमा ल्याएको आईपीओ स्थानियका लागि भने चैत २० गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेकोे हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।













