मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड: तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे आईपीओ बिहीबार आईपीओ बाँडफाँड भएको छ ।
कम्पनीले स्थानीयबासिन्दाका लागि निकाष्शन गरेको ७ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले स्थानीयबासिन्दा दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीको आईपीओ बिहीबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँट गरिएको छ ।
स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९ हजार ९९० कित्तासम्म आवेदन दिने आवेदकहरुलाई माग बमोजिम ३ हजार ५१४ आवेदकहरुलार्ई जम्मा ६ लाख ७८ हजार ६०० कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हकमा भने १० कित्ता देखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २ हजार १० कित्ता सम्म आवेदन दिने १२ हजार ११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँट भएको हो ।
आईपीओ नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।













