७ श्रावण २०८३, बिहिबार

सगरमाथा जलविद्युतको आइपीओमा अन्तिम दिनसम्म साढे १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौैं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आज (चैत १२ गते) अन्तिम दिनसम्म १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार १४ लाख ३३ हजार ७१७ जना आवेदकले १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्