१० श्रावण २०८३, आइतबार

यस्तो छ गराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनस दर

यस्तो छ गराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनस दर



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्वन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । सो प्रतिवदेन प्राधिकरणले चैत ८ गते स्वीकृत गरेको हो ।

कम्पनीबाट मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने ) जारि जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा उक्त आर्थिक वर्षका लागि प्रति वर्ष, प्रतिहजार बीमाङ्क रकम बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । नयाँ बोनस दर अनुसार कम्पनीले २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

यस्तो छ कम्पनीको नयाँ बोनस दर