७ श्रावण २०८३, बिहिबार

सिटि होटलले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने, कहिले दिन पाइन्छ आवेदन ?



काठमाडौं । सिटि होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत (१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता) सेयर निष्काशन गर्ने भएको हो । जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक, ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणले वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् । माग बमोजिमको आवेदन नपरको खण्डमा जेठ ८ गतेसम्म दिन सकिनेछ कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्ता र २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्