प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिने बारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज (चैत १३ गते) छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको जानकारी दिए ।













