भिम रावलको गृह जिल्लामै उपाध्यक्ष पौडेलले बिरोध गरे पछि हंगामा, कार्यक्रम बिथोलियो
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा उपाध्यक्ष भिम रावलको गृह जिल्ला अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको छ ।
पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केहि नबोल्ने सहमति बिपरित मन्तव्य व्यक्त भए पछि रावल पक्षधर कार्यकर्ताहरुले नाराबाजी गर्दै कुर्सी प्रहार गरेपछि कार्यक्रम विथोलिएको हो । सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित रहेको थियो ।
कार्यक्रम सुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएपनि त्यसको वितरित उपाध्यक्ष पौडेलले अभिब्यक्ति दिए पछि एमालेका कार्यकर्ता नै आक्रोसित भएका हुन ।
कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको हो । उपाध्यक्ष पौडेलले ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको दिए पछि कार्यकर्ताले नाराबाजी लगाएका हुन । उनले केपी ओली बिरुद्ध चर्का स्वरमा नाराबाजी गरेका हुन ।
नेकपा एमालेका नेता भीम रावलले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूले पार्टीभित्र गरेका गम्भीर गल्ती देखाउन पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई चुनौती दिएका छन् ।













