प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा वैशाख ६ गते, के कस्ता छन् एजेण्डा ?
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा वैशाख ६ गते, के कस्ता छन् एजेण्डा ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बैशाख ६ गते बोलाएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले सभा अग्रवाल सेवा केन्द्र कमलपोखरी मा बिहान १०.३० बजे बस्ने आव्हान गरेको हो ।
कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारितको लागि बोलाएको हो । सभामा गुँरास र युनियन लाइफसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ । मर्जर पश्चात् हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार गर्ने एजेन्डा पनि छ ।
सभाले ३ कम्पनी एक आपसम मर्जर भए पश्चात अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बढ्ने हुँदा त्यसको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनको लागि चैत २८ गते बुक क्लोज गर्दैछ । चैत २७ गते सम्ममा नेपाल स्टक एक्सचेन्जमा सेयरको कारोबार भएर कम्पनीको सेयर धनीदर्ता किताब दुन आएको सेयर धनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।














