९ श्रावण २०८३, शनिबार

एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन बजार झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२० अकंले घटेर १८६६.६८ बिन्दुमा पुगेर बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको कारोबार भएको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर प्रतिकित्ता २३ रुपैयाँले बढेर २५७ रुपैयाँ ८० पैसा पुगेको छ ।

साथै,सानिमा ग्रोथ फण्ड ८.९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्तको ७.७३ प्रतिशत सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्