१० श्रावण २०८३, आइतबार

आइएमई जनरल इन्स्योेरेन्सको सभा विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

आइएमई जनरल इन्स्योेरेन्सको सभा विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।

त्यसैगरी, अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा म्म्ब् च्भउयचत समेतको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने छ । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए ।

नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए ।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ । जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्ने÷गाभिने (मर्जर) कार्यले आगामी दिनमा सेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए ।

अन्तमा प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवम अन्य नियमन निकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये उत्कृस्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरा समेत सभालाई जानकारी गराए ।