३० श्रावण २०८३, शनिबार

अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थमसनबीच भेट, एमसिसि बारे चासो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा। महत र राजदूत थमसनबीच छलफल भएको थियो । मिलेनियम च्यालेन्जर कर्पोरेशन ९एमसीसी० र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको छ ।

त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा। महतले जानकारी दिए । आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ, डा. महतले भने ।

नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए । उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिए ।