३० श्रावण २०८३, शनिबार

सरकारले न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने



काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने लागेको हो ।

बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले उक्त निर्णय गरेको हो । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको हो।