१० श्रावण २०८३, आइतबार

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संमरचना परिवर्तन, अब कुनको हिस्सा कति ?

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संमरचना परिवर्तन, अब कुनको हिस्सा कति ?



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सेयर संमरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूह तर्फको सेयर सर्वसाधारणमा रुपान्तरण भएको हो ।

अब कम्पनीको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत रहेको थियो

साथै, सेयर परिवर्तन गर्न इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले भनेको छ ।