३० श्रावण २०८३, शनिबार

सिअहेव गणेश सुनारलाई स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टनको उपाधि, नगरप्रमुख गैरेद्वारा सम्मान



बागलुङ । ७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन् ।

गलकोट नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगतमा बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख सिअहेव सुनारले प्रथम स्थान हासिल गरेका हुन् । सो प्रतियोगितामा आठ समूहको सहभागित रहेको थियो ।

ब्याडमिन्टनमा विजयी भएका सुनारलाई गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेल र गलकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलद्वारा पुरस्कार प्रदान गरिएको थियो ।

विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टज प्रतियोगिता, सडक नाटक प्रदर्शन र निःशुल्क स्वास्थ्य शिविर तथा स्क्रिनिङ पनि आयोजना गरिएको थियो ।