३० श्रावण २०८३, शनिबार

ब्ल्याकंडेकरले साप्ताहिक पुरस्कार र दुबईको यात्रा सहितको नयाँ वर्षको रोमाञ्चक अभियान गर्यो शुरु



काठमाडौं । होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याकंडेकरले आफ्नो नयाँ बर्षको अभियान “न्यु इयर एक्स्ट्राभ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप”शुरु गरेको छ ।

यस योजना अन्तर्गत, कुनै पनि ब्ल्याकंडेकरका घरायसी सामनहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछन् साथै बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन् ।

अभियानमा सहभागी हुनका लागि, ग्राहकहरुले  B&D (स्पेस) सामानको नाम (स्पेस) कस्टोमरको नाम (स्पेस) ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ । यस अभियान चैत्र १६ गते देखि शुरु भइ सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

ब्ल्याकंडेकरका कुकिङ, फुड प्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेका छन् ।