एमालेले कर्णाली सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने
काठमाडौं। कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वको सरकारबाट समर्थन समेत फिर्ता लिन लागेको हो । नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेर आजै प्रदेश सरकारलाई दिएको समर्थन फिर्तागर्ने तयारी भईरहेको छ ।












