८ श्रावण २०८३, शुक्रबार

१० हजार कित्ता भर्न पाईने गरि दोल्ती पावरको आईपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा छिटोमा वैशाख ३ गते र ढिलोमा वैशाख १२ गते सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्