अर्थतन्त्र चलायमान बनाउन सरकार प्रतिवद्ध छ, ऋण नर्तिन कसैलाई छुट छैनः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले लगानीको वातावरण बनाइ अर्थतन्त्र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका ५७औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्र बजारमा भइरहेको जस्तो निराशाजनक नभएको बताउँदै सरकार पूँजी वृद्धिका लागि परेको बताए । सरकारले ऋण लिने तर सावाँ ब्याज दिदेनौ भन्न नमिल्ने उनको तर्क थियो । उनले भने, “अहिले बजारमा कर्जा दिदैनौ भन्ने हल्ला चलेको छ, यो कुरा सरकारलाइ मान्ने हुदैन । बरु सहुलियत चाहियो, समय चाहियो भन्ने हो भने सरकार तयार छ“ ।
साथै उनले साधारण खर्च घटाउन सरकारले छलफलमा रहेको बताए । उनले भने, “साधारण खर्चमा पनि शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको खर्च घटाउन सक्दैनौ अन्य खर्च भने सरकारले घटाउछ“ ।
कार्यक्रममा बोल्दै उधोग तथा वाणिज्य मन्त्री रमेश रिजालले बैंक तथा बित्तीय संस्थाको ब्याजदर नियन्त्रण गर्न सरकार लागि परेको बताएका छन् । उनले निजि क्षेत्र देशको अर्थतन्त्र चलायमान बनाउने सस्था भएको हुँदा सरकार यस क्षेत्रको सुरक्षाका लागि लागि पर्ने बताए ।
‘अल्पकालीन र दीर्घकालीन समस्याको कुरा आएको छ । सरकारले पनि त्यही रुपमा सोच बनाइरहेको छ । अल्पीकालन समस्यामा हाम्रो ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ । साधारण खर्चमा हामी अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने छौं । साधारण खर्चभित्र तलबभत्ता मात्र छैन, सामाजिक दायित्वका कुरा छन् । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ । यी कुरा हटाउन सक्दैनौं ।’ डा. महतले बताए ।
साधारण खर्चलाई हामी हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाइनेछ । सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । सरकारले मध्यस्थको भूमिका निर्वाह गर्छ, कानुनी अप्ठ्यारालाई हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झ्ट हटाउने सरकार तयार छ ।
विदेशमा रहेका नेपालीहरुको पूँजी, ज्ञान र दक्षताको उपयोग गर्ने, पूँजीगत खर्च अझ बढाएर लैजान सरकार क्रियाशील हुनेछ । निजी क्षेत्रलाई लगानीमा जुन समस्या छ, बजार मन्दीबाट गुज्रिरहेको छ, सटरहरु बन्द भइरहेका छन्, खुलेकाहरु पनि घाटामा चलिरहेका छन् । यसका केही कारण छन्, उद्योग व्यवसायीहरु यसबारे जानकार छन्, सम्बोधनका क्रममा मन्त्री डा. महतले बताए ।













