२५.३ प्रतिशत बढ्यो रेमिट्यान्स, फागुनमा मात्र १ अर्ब ४ करोड रुपैयाँ भित्रियो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२५.३ प्रतिशत बढ्यो रेमिट्यान्स, फागुनमा मात्र १ अर्ब ४ करोड रुपैयाँ भित्रियो



काठमाडौं । फागुनमा १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक अनुसार रेमिट्यान्स १ अर्ब ४ करोड भित्रिएको हो ।

चालू आर्थिक वर्षको फागुनसम्ममा करिब ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो । फागुनमा आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ । फागुनसम्म शोधानान्तर बचत एक खर्ब ४८ खर्ब १० अर्ब बचतमा छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५२२ अर्ब ४९ करोड (१२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्प प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।

२०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७९४ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्