लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न
लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा वानेश्वर बैक्वेट, थापागाँउ वानेश्वरमा मर्जर पछिको पहिलो रहेको छ।
सभामा आवको वार्षिक प्रतिवेदन छलफल भएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गरेको थियो। चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिएका थिए।













