नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.९२२१ नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।













