मर्जरलाई अन्तिम रुप दिन यूनाइटेड र अजोड इन्स्योरेन्सले डाके विशेष साधारण सभा
मर्जरलाई अन्तिम रुप दिन यूनाइटेड र अजोड इन्स्योरेन्सले डाके विशेष साधारण सभा
काठमाडौ. । मर्जर प्रस्ताव पारितका लागि यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएका छन् ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बैशाख २५ गतेका लागि बोलाएको छ । सभा अनमोल ब्याङकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
अजोड इन्स्योरेन्सले बैशाख २५ गते यूनाइटेड बल्र्ड ट्रेड सेन्टर डिइसिसि, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।
कम्पनीले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित सभाको मुख्य एजेण्डा रहेको छ । एक आपसमा मर्जर पश्चात बन्ने निर्जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुने गरी सो नामबाट निजीवन बीमा ब्यवसाय गर्ने सम्बन्धि प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, एक आपसमा मर्जर प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको दुबैको चल अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्थाव समेत सभाको कार्य सूचीमा रहेको छ ।
मर्जर पछि कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ. महानगरपालिका वडा न ११ सुन्धारा काठमाडौंमा रहने तथा सो बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव समेत पारित गर्नछ । त्यसका साथै, मर्जर पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण सेयरको स्वामित्व प्रतिशत समेत फेरबदल हुने हुदाँ प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने प्र्रस्ताव समेत पारित गर्ने छ ।
विशेष साधारण सभाका लागि यूनाइटेड इन्स्योरेन्सले बैशाख १३ गते र अजोड इन्स्योरेन्सले बैशाख १२ गते बुक क्लोज गर्दैछन् ।
यूनाइटेड इन्स्योरेन्स
अजोड इन्स्योरेन्स













