एनएमबि बैंकद्वारा करेन्सी रिक्स सलुसनसगँको सहकार्यमा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न
काठमाडौं । आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसन (DFIs)हरुल प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ ।
विदेशी यस्ता दात्री निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचडाबलाई नियन्त्रण गर्नका लागी नेपालका बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण रहेको हुन्छ ।
यस्ता उतारचडाब नियन्त्रण गर्नका लागी एनएमबि बैंक लि ले The Currency Exchange Fund (TCX), Amsterdam / MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलता पुर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने नेपालको अग्रणी बाणीज्य बैंक भएको छ ।
नन्डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण TCX ले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि सहजकर्ताको भुमिका निर्वाह गरेको थियो। सो कार्य सफलता पुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराउनु भएकोमा TCX / MFX प्रति एनएमबि बैंक आभारी रहेको छ ।
यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलता पूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो ।















