२ मंसिर २०८३, बुधबार

यी हुन् निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जना उम्मेदवार



काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जनाको नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र पेश नगर्ने ३७ जना प्रतिनिधिसभाका र ३७ जना प्रदेशसभाका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।

आयोगको विवरण अनुसार प्रतिनिधिसभामा भाग लिएर निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेमा सवैभन्दा बढी २२ जना स्वतन्त्र उम्मेदवार छन् ।