१ लाख ८ हजार कित्ता बिक्री भयो आज निफ्राको सेयर, के भयो मूल्य ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य झिनो वृद्धि भएको छ । बुधवार बैंकको सेयर मूल्य १.३८ प्रतिशतले वृद्धि भएको हो ।
साताको चौंथो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले मात्रै बढेर २२१ रुपैयाँ कायम भएको छ ।बैंक बुधवार सर्वाधिक कारोबार हुनेको पाँचौ स्थानमा छ । आज बैंकले सार्वजनिक वित्तीय विवरणले गर्दा कारोबार बढेको हो ।
सो दिन बैंकको २ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको १ लाख ८ हजार २७३ कित्ता सेयर किनबेच भएको छ ।













