एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बैशाख ७) गते अन्तिम दिन रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीको बैशाख ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ बैशाख ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरण पारित गर्नेछ उक्त प्रस्ताव परितको लागि कम्पनीको १५औं वार्षिक साधारण सभा बैशाख १८ गते होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्न आव्हान गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परक्षिकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।













