ओमानविरुद्ध नेपाललाई पाँचौ झट्का
काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपाललाई पाँचौ झट्का लागेको छ ।
नेपालका आरिफ शेख २९ रन बनाएर भर्खरै आउट भएका छन् । ओमानको दवदबा रहेको खेललाई लयमा फर्काउन संघर्ष गरिरहेका कुशल मल्लले अर्धशतक पुरा गरेर अहिले नेपालको पारी सम्हालिरेका छन् ।
ताजा अवस्थामा नेपाल ३३ ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनाएर खेलिरहेको छ ।













