३१ श्रावण २०८३, आइतबार

नेपालका ब्याट्सम्यान कुशल मल्लले बनाए किर्तिमानी शतक



काठमाडौं । ओमानविरुद्ध नेपालका ब्याट्सम्यान कुशल मल्लले शतक बनाएका छन् ।

उनले केवल ५९ बलमा आफ्नो शतक पुरा गरे । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो । ५९ औं बलमा छक्का प्रहार गर्दै कुशलले शतक पुरा गरे ।

उनी ओडीआईमा सबैभन्दा छिटो शतक बनाउने नेपाली ब्याटर बने । कुशलले ५९ बलमा समान ९ चौका र छक्काको मद्दतमा शतक पुरा गरे । यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।

६४ बलमा १०८ रन बनाएर उनी अहिले आउट बनेका छन् ।