३१ श्रावण २०८३, आइतबार

एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।