लामिछाने बने ओडिआईमा छिटो सय विकेट लिने खेलाडी
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम म्याचमा सय विकेट विकेट लिने कीर्तिमान बनाएका छन्।
उनले ४२ खेलमा १०० विकेट लिँदै सो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। उनले ४४ खेलमा सय विकेट लिएका थिए।
शुक्रबार एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा विकेट लिँदै लामिछानले आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सय विकेट पुर्याएका हुन्।













